गृहपृष्ठ खबर मंगलबारदेखि ‘दोहोरी आइकन’ को फिजिकल अडिसन सुरु हुने

मंगलबारदेखि ‘दोहोरी आइकन’ को फिजिकल अडिसन सुरु हुने

काठमाडौँ ।

टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन सुरु हुने भएको छ । श्रावण ३० गते मंगलबारदेखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको हो ।

यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ ।  शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

आयोजकले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो ।

सम्बन्धित् समाचार