गृहपृष्ठ Featured एमाले लुम्बिनी प्रदेश अधिवेशनमा सहमति र निर्वाचन प्रक्रिया दुवैलाई अगाडि बढाउने तयारी

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा सहमति र निर्वाचन प्रक्रिया दुवैलाई अगाडि बढाउने तयारी

बुटवल ।

नेकपा एमालेको  लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नै टुङ्गाउन  निर्देशन दिए पनि सहमति र निर्वाचन  प्रक्रिया दुवैलाई अगाडि बढाउने तयारी भएको छ ।

अहिले बन्द सत्रमा  राजनीति प्रतिवेदनमा उठाएका प्रश्नहरू टिप्ने काम चलिरहेको  छ।  प्रतिवेदन माथिको छलफल सकिएपछि  निर्वाचन मण्डललाई जिम्मा लगाउने तयारी भएको  एमाले पोलिटब्युरो सदस्य तथा  लुम्बिनी  प्रदेश अध्यक्ष मण्डलका सदस्य सूर्य थापाले बताए ।

लुम्बिनी प्रदेशको  अध्यक्षमा दुई जना आकाङ्क्षी देखिएपछि  अध्यक्ष ओलीले निर्वाचनमा  भन्दा सहमतिमा नेतृत्व टुङ्गाउनको लागि अध्यक्ष मण्डल संयोजक एवं एमाले सचिव पद्मा अर्याललाई  निर्देशन दिएका थिए ।

उक्त मण्डलको सदस्यमा थापासहित  ७ जना रहेका छन् ।

सम्बन्धित् समाचार