गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका- ९ मा सरसफाई अभियान सुरु

बुद्धभूमि नगरपालिका- ९ मा सरसफाई अभियान सुरु

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा सरसफाई अभियान सुरु भएको छ । वडाभित्र रहेका १३ वटा टोल विकास संस्थामार्फत मंगलबारदेखि सरसफाई अभियान सुरु गरिएको वडाध्यक्ष प्रमोद आचार्यले वैखरीलाई जानकारी दिए । अब हरेक साताको एक दिन शनिबार वडाका विभिन्न स्थानमा विहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरि अभियानलाई निरन्तर रुपमा अघि बढाईने उनले जानकारी दिए ।

उक्त अभियानमा अनिवार्य रुपमा वडावासी उपस्थित हुनुपर्ने बताउँदै उनले भने, ‘सबैको जनसहभागिता अनिवार्य छ । टोल विकास संस्थाले आह्वान गरेको स्थानमा सबै उपस्थित हुनुपर्छ अन्यथा जरिवाना तिर्नपर्छ । यदि जरिवाना नतिरेको पत्र वडामा प्राप्त भयो भने वडाबाट हुने सिफारिस रोक्का गछौं ।’

अभियान संचालन गर्ने दिन हाजिर नै गरेर आफ्नो घर, टोलसहित सार्वजनिक स्थलको सरसफाईमा सरिक हुनुपर्ने निर्देशनसहित १३ वटै टोल विकास संस्थालाई पत्र समेत पठाएको उनले बताए । वडाध्यक्ष आचार्यले अनुगमनसहित अभियानलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाईने प्रतिवद्धता जनाएका छन् ।

उनले वडालाई सुन्दर हरियाली वडा बनाउने अभियान अन्तर्गत सरसफाई अभियानको थालनी गरिएको बताए । बढ्दो वातावरण प्रदुषणलाई नियन्त्रण गर्दै स्वच्छ वातावरण निर्माणका लागी अभियान फलदायी हुने वडाध्यक्ष आचार्यको भनाई छ ।

वडालाई सुन्दर हरियाली बनाउँदै विकासको गतिलाई अगाडि बढाउने गरि आफु लागेको उनले बताए ।

सम्बन्धित् समाचार