चलचित्र ‘एक भगवत गीता’को विवाद टुंगिएको छ। चलचित्रको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो।
चलचित्रको नाम ‘एक भागवत् र एक गीता ः सामाजिक कथा’ राख्ने सहमति भएको छ। विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रलाई लिएर आपत्ति जनाउँदै प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन दिएको थियो।
धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफारिस रोकेको थियो। विवाद टुंगिएसँगै चलचित्र अब सेन्सरको प्रक्रियामा अघि बढ्ने भएको छ।
झरना थापा निर्देशित चलचित्रमा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको अभिनय छ। सुनीलकुमार थापाले निर्माण गेरेको चलचित्र भदौ २९ गते प्रदर्शनको तयारीमा छ।








