सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कमल पौडेलले सुन्दर नमुना वडा बनाउने अभियानमा आफु लागेको बताएका छन् । वैखरीसंगको कुराकानीमा उनले भने, ‘सुन्दर नमुना वडा बनाउने अभियानमा लागेको छु । अर्का कुरा जनप्रतिनिधिले मात्र चाहेर हुदैंन् । सबै वडावासी सरोकारवालाहरुको साथ सहयोग आवश्यक छ । अनि मात्र वडा बन्छ ।’
उनले आर्थिक बर्ष २०७९/८० मा ७८३ मिटर सडक कालोपत्रे गरेको जानकारी दिदैं भने, ‘११४२ मिटर प्रिमियम पिच गरेका थियौं ।’ उनले सोही अवधिमा १२८० मिटर नाली र नहर निर्माण गरेको बताउँदै २३९० मिटर सडक स्तरोन्नति गरेको जानकारी दिए ।
पडरियास्थित गुम्बामा शौचालय निर्माण, ५०/५० को लागत सहभागितामा नमुना सामुदायिक वनको भवन निर्माण, ह्युमपाईप जडान, विद्यालयहरुमा फर्निचरको व्यवस्थापन, रंगरोगन तथा खेल मैदान मर्मत, बालविकास कक्षाहरुमा टिभिको व्यवस्थापन गरेको उनले सुनाए । उनले धिरिखोलामा २५ लाख बराबरको तटबन्धको काम गरेको बताए ।
भत्तापुर आधारभूत विद्यालयको पछाडि ४५ लाखको लगतमा तटबन्ध र बाँध निर्माणको काम सम्पन्न गरेको उनले जानकारी दिए । यस्तै वडाध्यक्ष पौडेलले भत्तापुरको खुतखुतेमा २० लाख, ३० लाख र १० लाखको लगानीमा तीन वटा पोखरी निर्माण गरेको जानकारी दिए । उनले भर्लाबास तल्लो गाउँटोलमा २० लाख बराबरको लागतमा नहर निर्माण गरिएको बताए ।
उनले आर्थिक बर्ष २०७९÷८० मा वडा नम्बर ७ ९ जोड्ने कोईली खोलामा पुल निर्माणको सम्पन्न भएर अहिले आवतजावतमा सहजता भएको बताए । उनले विद्युतको सहज आपुर्तिका लागी वडा योजनाबद्ध रुपमा अघि बढेको बताउँदै खानेपानी र संचारको सहजताका लागी समेत तीब्र गतिमा काम भईरहेको बताए ।
वडाध्यक्ष पौडेलले सिंचाई, शिक्षा, स्वास्थ्य र सडक पुर्वाधार निर्माणलाई वडाले प्राथमिकतामा राखेको बताए । आफु शिक्षण पेसा हुदैं जनप्रतिनिधि भएको बताउँदै उनले भने, ‘मलाई सबैले सकारात्मक रुपबाटै सहयोग गरिरहनु भएको छ । त्यस्तो काम गर्न गाह्रो छैन् ।’
सबै सरोकारवाला निकायहरुसंग हातेमालो गर्दै विकास निर्माणका कामलाई अघि बढाउन आफु तत्परताका साथ अघि बढिरहेको उनले सुनाए । बषौंदेखि बनगाई(भलवाड(डोहोटे मोटरबाटो पुर्ण रुपले बनाउने नारा रहदैं आएता पनि सो अनुसार काम नहुँदा सो विषयले आफुलाई खड्किरहेको उनले बताए । सो बाटोको लागी संघीय सरकारबाट ५ लाख बजेट विनियोजन भएको र सो रकम पर्याप्त नभएकाले आफुहरुले थप पहल गरिरहेको उनले बताए ।
उनले वडा नम्बर ९ मा धार्मिक वनसहित जम्मा ११ वटा वनहरु रहेको र ति वनहरुसंग समन्वय सहकार्य गरेर वडा अघि बढेको बताए । आफुलाई विश्वास गरेर वडावासीले वडाध्यक्षको रुपमा स्थापित गरेको बताउँदै उनले चुनावका समयमा गरेका प्रतिवद्धताहरु पुरा गने बाटोमा आफु अग्रसर रहेको जिकीर गरे ।