वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु फुटवल संघ र चन्द पोलिक्लिनिकबीच सम्झौता भएको छ । शुक्रबार संघका सदस्य, खेलाडीहरु र उनीहरुका परिवारको स्वास्थ्य सेवाका लागी गरिएको सम्झौता पत्रमा संघका अध्यक्ष तिलक थापा र पोलिक्लिनिकका डाक्टर दिपेन्द्र चन्द्रले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार पोलिक्लिनिकले कपिलवस्तु ११ का खेलाडीहरुलाई फार्मेसी बाहेक उपचारमा निशुल्क गर्ने छ । यस्तै खेलाडीहरुका परिवारलाई फार्मेसी बाहेक उपचारमा २० प्रतिशत छुट हुने छ ।
सम्झौता २ बर्षको लागी गरिएको संघका अध्यक्ष तिलक थापाले बताए । संघले गर्ने हरेक क्रियाकलापमा पोलिक्लिनिकलाई मेडिकल पार्टनरको रुपमा राख्ने सम्झौता भएको उनले जानकारी दिए ।
डाक्टर चन्दले पोलिक्लिनिकले विगतदेखि नै खेलकुद क्षेत्रमा खेलाडीको विकासका लागी लगानी गर्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाएका छन् ।
उनले खेलाडीहरु देशको गहना भएकाले उनीहरुको खेल सिपसंगै चौतर्फी विकासका लागी सबै निकायले प्रतिवद्ध भएर लगानी गर्नुपर्ने बताए ।
चन्द पोलिक्लिनिकले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रका काममा उदाहरणीय कार्य गर्दै आएको छ ।
यस्तो छ सम्झौता पत्र :