गृहपृष्ठ खबर छाडा पशुचौपयाको व्यवस्थापन गर्न तात्यो बाणगंगा : पशुहरुको तथ्याङ्क संकलन गरिदैं

छाडा पशुचौपयाको व्यवस्थापन गर्न तात्यो बाणगंगा : पशुहरुको तथ्याङ्क संकलन गरिदैं

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहको मुख्य समस्याका रुपमा रहदैं आएको छाडा पशुचौपया व्यवस्थापनमा बाणगंगा नगरपालिका अहिले तातेको छ । विभिन्न योजनासहित पछिल्ला बर्षहरुदेखि लाग्दै आएको बाणगंगाले ठोस परिणाम देखिने गरि अहिले अभियानकै रुपमा छाडा पशुचौपया नियन्त्रणमा लागेको हो ।

जसको लागी केही दिन अघि मात्र नगरप्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ । सो अभियान अन्तर्गत सोमबार नगरपालिकाले नगरभित्रका १०४ वटा टोल विकास संस्थाका पदाधिकारीहरुसंग अन्तरक्रिया गरेको छ ।

जहाँ संयोजक पौडेलसहित नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले नगर छाडा पशुचौपया व्यवस्थापन गर्न विस्तृत योजनासहित अभियान नै संचालन गरि लागको र उक्त अभियानलाई सफल बनाउन टोल विकास संस्थाका पदाधिकारीहरुको पुर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा पशुसेवा शाखा प्रमुख तिवारीले हालसम्म नगरपालिकाले छाडापशुचौपया नियन्त्रण गर्न चालेका कदमहरुको चर्चा गरेका थिए ।

सो क्रममा उनले नगरपालिको दुई स्थानमा छाडा पशुचौपयालाई व्यवस्थापन गर्न गौशाला निर्माण गरेर राखेको बताए । उनले यद्यपी अझै पनि दिनप्रति दिन सडकहरुमा छाडा पशुहरु बढ्दाँ दुर्घटनाको जोखम बढेको बताए । यस्तो समस्याले वातावरणमा नकारात्मक असर पार्नुका साथै किसानका बालीहरु खाई दिएको उनले बताए ।

छाडा पशुचौपया व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले छाडा पशुको नियन्त्रणमा सफलता हासिल दाबी गरे ।

उनले अब दशै लगत्तै नगरपालिकाभित्र भएका पशुहरुको संख्याको तथ्याङ्क संकलन गर्ने कामको थालनी गर्ने सुनाए । सोही तथ्याङ्क संकलनको क्रममा पशुहरुलाई ट्यागिङ गर्ने काम समेत हुने उनले जानकारी दिए । जसले गर्दा सडकमा छाडेका पशुहरु कसको हो भन्ने सजिलै पत्ता लगाउँन सकिने उनको भनाइ छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरवासीलाई अनुभूति हुने गरि छाडा पशुचौपया व्यवस्थापन गर्ने दिशातर्फ नगर लागेको बताए । उनले टोल विकास संस्था आफ्ना टोलहरुमा भएका समस्याहरु समाधान गर्ने महत्वपुर्ण निकाय भएको बताए । टोल विकास संस्था असक्रिय भएको अवस्थामा सामाजिक कामहरु प्रभावित हुने बताउँदै उनले संक्रियताका साथ विकास निर्माणका काममा वडासंग सहकार्य गर्न उनले आग्रह गरे । उनले चाडपर्वहरु नजिकिएकाले बाहिरबाट आउँनेहरुको मन नै प्रसन्न हुने गरि गाउँघर सरसफाईमा लाग्न अपिल समेत गरे ।

उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगामा उपलब्ध स्रोत साधानको सदुपयोग गरि छाडा पशुचौपया व्यवस्थापन गर्न सकिने बताईन् । उनले यो जिल्लाका हरेक स्थानीय तहको मूल समस्याको रुपमा रहदै आएको बताईन् । उनले विभिन्न निकायसंग समन्वय गरि समाधान गर्ने प्रयास गरे पनि सफलता हुन नसकेको स्मरण गर्दै अब बाणगंगाले समाधान गरेर देखाउने योजनासहित अघि बढेको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत शक्तिराम मरासिनीले विकासको अभियानलाई आत्मसाथ गर्न नसकिए विकास निर्माण काम प्रभावित हुने बताए । बाणगंगालाई दुध, अन्न, मासु, तेलहन हुदै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताए । नगरपालिकामा उपलब्ध स्रोत साधानलाई एकिकृत गरेर परिचालन गर्न सके आत्मनिर्भर हुन सकिने उनले सुनाए ।

कार्यक्रममा दशैं, तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

सम्बन्धित् समाचार