गृहपृष्ठ Featured त्रिकोणात्मक टी-२० शृंखला : नेपालको लगातार दोस्रो जित

त्रिकोणात्मक टी-२० शृंखला : नेपालको लगातार दोस्रो जित

काठमाडौं।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

कप्तान रोहित पौडेलले २५ र गुल्सन झाले १४ रन जोडे । कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन जोडेर आउट भए । पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेको नेपालले चौथो विकेटका लागि ३० र पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरेको थियो ।

सम्बन्धित् समाचार