हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
२०१७ देखी सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् । एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।