गृहपृष्ठ Featured पराल बोकेको मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

पराल बोकेको मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

प्रकाशित मिति:

काठमाण्डाै ।

काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज मङ्गलवार पनौतीको कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरकाे ट्रक सिला भञ्ज्याङमा पल्टिएको हो ।

दुर्घटनामा मिनी ट्रक चालक पनौती नगरपालिका–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनमा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते हुनुभएको छ । उहाँकाे शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 

सम्बन्धित् समाचार