गृहपृष्ठ Featured आजदेखि जितपुर,ओदारी र सन्धिखर्कमा टिभिएसको च्याम्पियन एक्सचेञ्ज अफर सुरु

आजदेखि जितपुर,ओदारी र सन्धिखर्कमा टिभिएसको च्याम्पियन एक्सचेञ्ज अफर सुरु

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

टिभिएस कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि.को कपिलवस्तु र अर्घाखाँचीका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सले जितपुर, ओदारी र सन्धिखर्कमा एकसाथ टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ । ट्रेडर्सले जितपुर, ओदारि तथा सन्धिखर्कका सोरुममार्फत एकसाथ आजदेखि कात्तिक २५ गतेसम्मको लागी एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको हो ।

च्याम्पियन एक्सचेञ्जमा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गरी नयाँ टिभिएस ब्राण्ड चढेर जान सकिने कम्पनीले जनाएको छ । कम्पनीले दशैँ तथा तिहार पर्वलाई लक्ष्य गरी ल्याएको “हर मोडमा उमङ्ग”अफर अन्तर्गतका छुट, सहुलियत तथा अफरहरु ग्राहकलाई प्रदान गरिने सचालक मोहन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत रु एक लाख सम्म जित्ने र खरीदपछि रु पाँच लाखसम्म जित्न सकिने योजना छ । ट्रेडर्सका संचालक मनोज पौडेलले टिभिएस च्याम्पियन एक्सचेञ्जमा रु. १० हजारदेखि ५० हजारसम्म थप मुल्यांकन, शुन्य प्रतिशत ब्याजदर, २५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने जानकारी दिए ।

टिभिएसको उपहार योजनामा हरेक महिना लक्की ड्रमार्फत सत प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको छ ।

सम्बन्धित् समाचार