काठमाडौँ ।
शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले नयाँ गीत रिलिज गरेको छ । ‘हजुरी’ बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ । गायनमा उनलाई मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र दयाहाङ राई देख्न सकिन्छ ।








