गृहपृष्ठ खबर कपिलवस्तुमै पहिलो पटक साहसी खेल प्रेमीका लागि खुल्यो ‘स्केट पार्क’

कपिलवस्तुमै पहिलो पटक साहसी खेल प्रेमीका लागि खुल्यो ‘स्केट पार्क’

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमै पहिलो पटक ‘स्केट पार्क’ संचालनमा आएको छ । जिल्लाको बाणगंगा नगरपालिका ४ दरखास्तमा अवस्थित श्रीपेच रिसोर्टमा ‘स्केट पार्क’ संचालनमा आएको हो ।

करिब १५ लाख रुपैयाँको लगानीमा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ संचालनमा ल्याएको संचालक केशव पाण्डेले बताए । पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्येनजर गर्दै स्केट पार्क संचालनमा ल्याएको उनको भनाई छ ।

 

पछिल्लो समय बालबालिका तथा युवायुवतीहरु मोबाइलमा बढि ब्यस्त भएको पाइएको हुदा यस खेलले शारीरीक र मानसिक रुपमा पनि फाइदा पुग्ने सरोकारवाला बताउछन ।

रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थायी घर भएका युवा व्यवसायी पाण्डेले कपिलवस्तुका विभिन्न स्थानबाट दैनिक दर्जनौ किशोरकिशोरी तथा युवायुवती आउने गरेको बताए । प्रारम्भिक चरणमै स्केट पार्कमा दैनिक एक सय जना बढी आउने गरेको उनले बताए ।

२८ बर्षीय युवा व्यवसायी पाण्डेले उक्त पार्कमा ६ जनालाई रोजगारी समेत दिएका छन् ।

अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ।

स्केटिङ गर्न प्रतिघण्टा २०० रुपैयाँ लाग्ने छ भने थप गर्न १०० रुपैयाँ लाग्ने छ ।

सम्बन्धित् समाचार