गृहपृष्ठ खबर तस्बिरमा हेर्नुहोस् १४ औं कपिलवस्तु महोत्सवको तयारी

तस्बिरमा हेर्नुहोस् १४ औं कपिलवस्तु महोत्सवको तयारी

प्रकाशित मिति:

सागर वि.क., कपिलवस्तु ।

१४ औं कपिलवस्तु महोत्सवको तयारीको काम तीब्र गतिमा भईरहेको छ । “युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ ।

यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । अहिलेसम्म कम्पाण्ड र स्टल निर्माणको काम सम्पन्न भएको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । उनका अनुसार मुख्य प्रवेशद्धारको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने स्टेज र सचिवालय निर्माणको काम धमाधम भईरहेको छ । उनले बालउद्यानको काम पनि १÷२ दिनमै सुरु हुने बताए ।

महोत्सवलाई नयाँपन दिने गरि काम भईरहेको उनले दाबी गरे । उनले विगतमा भन्दा प्रवेशद्धारसंगै स्टेज निर्माणको स्वरुप पृथक हुने बताए । महोत्सव स्थलमै रेस्लिङ्ग समेत हुने भएकाले दर्शकहरुमा थप उत्साह छाएको उनको भनाई छ ।

महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा ‘दिनेश’ ले आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिहरुले तीब्र रुपमा गरिरहेको बताए । ‘उद्घाटन मिति भन्दा एक दिन अगावै काम सम्पन्न हुने गरि तयारी भएको छ,’ उनले भने ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

तस्बिरहरु :

 

सम्बन्धित् समाचार