गृहपृष्ठ खबर सकियो १२औं कपिलवस्तु डान्स आईडलको फाईनल अडिसन : १३ जना प्रतिस्पर्धी स्टेज चड्ने

सकियो १२औं कपिलवस्तु डान्स आईडलको फाईनल अडिसन : १३ जना प्रतिस्पर्धी स्टेज चड्ने

सागर वि.क., वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहने १२ औं कपिलवस्तु डान्स आईडलको फाईनल अडिसन सकिएको छ । मंगलबार २५ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति राखेसंगै फाईनल अडिसन सकिएको डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले बताए ।

उनका अनुसार २५ जनामध्ये १२ जना फाईनल अडिसनबाट बाहिरिएका छन् भने १३ जनाले १२ औं कपिलवस्तु डान्स आईडलको प्रतिस्पर्धीको रुपमा मञ्चमा आआफ्नो प्रस्तुति दिने छन् । फाईनल अडिसनमा छनोट भएका १३ जना प्रतिस्पर्धीहरुले २२ गतेबाट स्टेजमा प्रस्तुति राख्ने उनले जानकारी दिए । मंसिर ५ गतेबाट सुरु भएको अडिसन मंसिर १९ गते अर्थात आज सकिएको हो ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले आगामी दिनका लागी प्रतिस्पर्धीलाई शुभकामना दिदैं आफुमा निहित कला, क्षमतालाई आत्मविश्वासका साथ स्टेजमा प्रस्फुटन गर्न आग्रह गरे । उनले १४ औं कपिलवस्तु महोत्सवको स्टेज आफ्नो प्रतिभा देखाउने महत्वपुर्ण स्थान भएको बताए । उनले यसै स्टेजबाट आफ्नो नृत्यमा निखार्ता ल्याउँदै भविष्यमा राम्रो डान्सरको स्थापित हुन सकिने बताए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।

सम्बन्धित् समाचार