गृहपृष्ठ Featured बुद्धभूमि- २ का पूर्व वडाध्यक्ष खनालको मृत्यु

बुद्धभूमि- २ का पूर्व वडाध्यक्ष खनालको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ का पूर्व वडा अध्यक्ष भेषराज शर्मा खनालको उपचारको क्रममा निधन भएको छ ।
 नेकपा एमालेका नेता समेत रहेका शर्माको बुधवार उपचारको क्रममा काठमाण्डौमा निधन भएको पार्टी स्रोतले जनाएको छ ।
स्वास प्रस्वासमा समस्या भएपछि करिब २ साता अगाडी उहाँलाई उपचारका लागि काठमाडौं पुराइएको थियो ।
बुद्धभूमि – २ गोरुसिङ्गे निवासी शर्मा एमाले भित्रका असल र इमान्दार कार्यकर्ताको रुपमा चिनिनु हुन्थ्यो ।
शान्त र सरल स्वाभावका शर्मा वडा अध्यक्ष भएको बेला सराहनिय काम गरेको भन्दै प्रसंसा गरिएको थियो । उहाँको भोलि बिहीवार बिहान अन्त्येष्टी गरिने तयारी गरिएको छ ।

सम्बन्धित् समाचार