वैखरी अनलाईन, बाणगंगा ।
ईलाका प्रहरी कार्यालय पिपराले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार कपिलवस्तु नगरपालिका- ९ का अन्दाजी २५ बर्षीय युवराज थारु ८ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
थारुलाई कपिलवस्तु नगरपालिका- ११ भैसटास्थित पचेहरा– वरोहीया सडकखण्डमा पुर्वदेखी आउदै गरेको लु २५ प २७०६ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।
पक्राउ परेका थारुलाई ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए ।








