गृहपृष्ठ अन्तरास्ट्रिय खबर गाजामा ज्यान गुमाउनेको संख्या २०,६७४ पुग्यो

गाजामा ज्यान गुमाउनेको संख्या २०,६७४ पुग्यो

काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या २० हजार ६७४ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ जना घाइते भएका छन् ।

अक्टोबर ७ को आक्रमणबाट इजरायलमा एकहजार १३९ जना मारिएका थिए ।

सम्बन्धित् समाचार