गृहपृष्ठ Featured पहिलाे टेस्टमा दक्षिण अफ्रिकासँग भारतकाे लज्जास्पद हार

पहिलाे टेस्टमा दक्षिण अफ्रिकासँग भारतकाे लज्जास्पद हार

काठमाडौं ।

दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलाअन्तर्गत पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । घरेलु टोली दक्षिण अफ्रिकाले पाली र ३२ रनले खेल जितेको हो ।

पहिलो पालीमा एक सय ६३ रनले पछाडि परेको भारत दोस्रो पालीमा एक सय ३१ रनमा अलआउट भयो । खेलको तेस्रो दिन भारतलाई सस्तोमा समेट्न घरेलु टोलीका नान्द्रे बर्गरले ४, मार्को जान्सेनले ३ र कागिसो राबडाले २ विकेट लिए ।

भारतका विराट कोहलीले ७६ र सुबमन गिलले २६ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । यसस्वी जैसवालले ५, श्रेयस अय्यरले ६ र केएल राहलले ४ रन बनाए। कप्तान रोहित शर्मा, रविचन्द्रन आश्विन र जसप्रित बुमराहले खाता खोल्न सकेनन् ।

भारतले पहिलो पालीमा राहुलको १ सय १ रनको मदतमा २ सय ४५ रन बनाएको थियो । दक्षिण अफ्रिकाले भने डिन एल्गरको १ सय ८५, जान्सेनको ८४ र डेभिड बेडिनघमको ५६ रनको मदतमा ४ सय ८ रन जोडेको थियो ।

सम्बन्धित् समाचार