गृहपृष्ठ Featured ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक (भिडिओ)

‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक (भिडिओ)

प्रकाशित मिति:

काठ्माडौं ।

नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी अभिनित नयाँ गीत ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा मञ्जिल राई र अनु चौधरीले स्वर दिएका छन् ।

मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देख्न सकिन्छ ।

‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमी-प्रेमिकाको प्रेमलाई देखाइएको छ’, गायक मञ्जिल राई सुनाउँछन् ।

गायक राईकै कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ र अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेको गीतको भिडियोको निर्देशन बादल लिम्बूले गरेका हुन् ।

सम्बन्धित् समाचार