गृहपृष्ठ Featured विनोद राईले जिते ‘भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि

विनोद राईले जिते ‘भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि

प्रकाशित मिति:

काठमाडौं ।

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।

शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् ।

जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् ।

टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

सम्बन्धित् समाचार