गृहपृष्ठ खबर नेपाल किसान ट्रेक्टर समितिको अध्यक्षमा झविन्द्र खनाल निर्वाचित

नेपाल किसान ट्रेक्टर समितिको अध्यक्षमा झविन्द्र खनाल निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल किसान ट्रेक्टर समितिको अध्यक्षमा झविन्द्र खनाल निर्वाचित भएका छन् ।

खनाल समितिको ९औं अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा बेचनप्रसाद यादव, उपाध्यक्षहरुमा संक्रान्ति थारु, हरि प्रसाद श्रेष्ठ, प्रेमचन्द्र पोख्रेल, महासचिवमा विष्णु गिरी, सचिवमा चन्द्रमणी भण्डारी, कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा शिवबहादुर विष्ट, कृष्णप्रसाद गैरे, ऋषिराम सापकोटा, नारायण कँडेल, गोपाल सिंह बेलवासे, चन्द्र बहादुर वि.क. निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खनालले अब ट्रेक्टर व्यवसायीको हकहितमा योजनाबद्ध तरिकाले अघि बढ्ने बताएका छन् । उनले राज्यबाट ट्रेक्टर व्यवसायीप्रति समयसमयमा प्रहार हुने गरेको भन्दै अब त्यसो गरे सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

उनले ट्रेक्टर व्यवसायीलाई विगतदेखि नै अनावश्यक दुःख दिने प्रवृति रहेकाले उक्त प्रवृतिको अन्त्य गर्ने बताए ।

सम्बन्धित् समाचार