गृहपृष्ठ खबर बाणगंगा-१ का वडाध्यक्ष सारुको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा : यात्रुलाई सहज

बाणगंगा-१ का वडाध्यक्ष सारुको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा : यात्रुलाई सहज

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का वडाध्यक्ष सन्जुकुमार सारुले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । वडाध्यक्ष सारुले चारनम्बर बजार क्षेत्रको मुख्य चोकमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाकै मुख्य सडक क्षेत्र चारनम्बर चोकलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको उनले बताए । उनले भने, ‘चारनम्बर नगरपालिकाकै व्यस्त सडक हो । पुर्वपश्चिम राजमार्गसंग जोडिएको यस चोकमा विभिन्न ठाउँमा जाने मानिसहरु रहने भएकाले वाइफाइ सेवा उपयोगी छ ।’

यस क्षेत्रमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने उनले बताए ।

‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी सबै लाभान्वित हुन्छन्,’ उनले भने । इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार