गृहपृष्ठ Featured अर्घाखाँचीको शीत भण्डारमा सुन्तला सही तरिकाले नराखेका कारण कुहिएको रिपाेर्ट !

अर्घाखाँचीको शीत भण्डारमा सुन्तला सही तरिकाले नराखेका कारण कुहिएको रिपाेर्ट !

रुपन्देही ।

अर्घाखाँचीको पाणिनि गाउँपालिकाको शीत भण्डारमा किसानहरुले नै सही तरिकाले नराखेका कारण सुन्तला कुहिएको रिपोर्ट विज्ञहरुले सार्वजनिक गरेका छन् ।

पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखिएको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।

‘टोलीले हरियो र निलो ढुसीको कारणले सुन्तला नष्ट भएको निष्कर्ष निकालेको छ’, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले भने, ‘भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको कारण अघिल्ला वर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धान पछि पत्ता लागेको छ ।’

सुन्तलालाई पटक पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।
सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेकोले पनि ढुसी देखिएको थाहा भएको छ । किसानहरु मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा सुन्तला राखेका थिए ।

सम्बन्धित् समाचार