गृहपृष्ठ खबर आयातको लागी आवश्यक विदेशी मुद्रा चाहिने भन्दा धेरै छ : अर्थमन्त्री महत

आयातको लागी आवश्यक विदेशी मुद्रा चाहिने भन्दा धेरै छ : अर्थमन्त्री महत

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसर रहेको बताएका बताएका छन् । मंगलबार कपिलवस्तु उद्योग बाणिज्य संघको १६औं साधारण सभा तथा ८औं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कँदै गरेको बताए ।

उनले नेपालको अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौंदेखि समस्या थपिँदै जाँदा थप समस्या भएको दाबी गरे । ‘पर्यटक आगमन र रेमिट्यान्स बढ्दै गएको छ । घरजग्गामा एकैपटक धेरै लगानी गरिएकाले त्यसको असर केही मात्रामा अर्थतन्त्रमा पनि देखिएको हो । लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो । अहिले समाधानउन्मुख छ,’ उनले भने ।

अर्थतन्त्रका परिसुचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक रहेको बताउँदै उनले त्यसका लागी लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक प्रक्षेपणले पनि नेपालले ४ प्रतिशत बढी आर्थिक वृद्धि हासिल हुने देखाएको बताए ।

उनले आगामी अबको केही समयमा नै वैदेशिक लगानी भित्राउन लगानी सम्मेलन गर्ने योजना रहेको सुनाए । निजी क्षेत्र, गैरआवासीय नेपाली संघसँग समन्वय गरी विदेशी भित्राउने उनको दाबी छ ।

आयातको लागी आवश्यक विदेशी मुद्रा चाहिने भन्दा धेरै मात्रामा रहेको बताउँदै उनले भने, ‘देश श्रीलंका हुने कुनै चान्सै छैन् ।’ उनले लक्ष्य भन्दा मूल्यवृद्धि घटेको र शेयर बजार सकारात्मक दिशातर्फ बढ्दै गएको समेत बताए ।

कार्यक्रममा संघका अध्यक्ष डोलकराम घिमिरेले आफुले प्रस्तुत गरेको प्रतिवेदन र समितिले गरेका निर्णयहरु बन्द सत्रमा पारित भएको वैखरीलाई जानकारी दिएका छन् । उनले आफु सबैको साथ सहयोगले गर्दा सफल अध्यक्ष रुपमा आएको समेत दाबी गरेका छन् ।

व्यवसायीको हकहितका लागी आफ्नो कार्यकालमा दुई दर्जन बढी कार्यक्रमहरु गरेको उनले सुनाए । कोरोना कालकै पचेटामा परिरहेका बेला आफु नेतृत्वमा आएको बताउँदै उनले उक्त समयमा उद्योगी व्यवसायीहरुलाई प्राथमिकतामा राखेर कोरोनाको भ्याक्सिन लगाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोना महामारीपछि उद्योग व्यवसाय धरासायी अवस्थामा रहेको बताउँदै उक्त विषयलाई सरकारले गम्भिरताका साथ लिनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित् समाचार