गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघ : लेखा समिति संयोजकमा विनोद पन्त

कपिलवस्तु उद्योग बाणिज्य संघ : लेखा समिति संयोजकमा विनोद पन्त

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघको बैठक सम्पन्न भएको छ । मंगलबार संघको सभाहलमा बसेको उक्त बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले संघको विधान अनुसार ७ सदस्यीय सल्लाहकार समिति मनोनित गरेको संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बैठकले सहल्लाहकार समितिमा शक्तिसिंह ठकुरी, टोपनारायण बेल्बासे, मोहन न्यौपाने, दल बहादुर कुँवर, दिपक पन्थी, लक्ष्मण कँडेल र राजेश तिवारीलाई मनोनित गरेको छ ।

बैठकले ३ सदस्यीय लेखा समिति बनाएको महासचिव नवदत्त घिमिरेले जानकारी दिए । जसमा विनोद पन्तलाई लेखा समितिको संयोजकको जिम्मेवारी दिएको छ भने सदस्यहरुमा मदन पौडेल र रामदेव थारुलाई मनोनित गरिएको छ । महासचिव घिमिरेले बैठकले ५ सदस्यीय कार्यसमिति सदस्य मनोनित गरेको जानकारी दिए ।

जसमा ईन्द्र पोख्रेल, शिव बन्जाडे, तेज बहादुर थापा, ऋषिराम थारु र माधव आचार्य मनोनित भएका छन् । बैठकले अबैध, विना दर्ता तथा घुम्ती व्यवसायीहरुलाई निरुत्साहित गर्न प्रत्येक क्षेत्रगत सदस्यहरुले उक्त क्षेत्रमा पहल गर्ने निर्णय समेत भएको महासचिव घिमिरेले बताए ।

उनले उक्त समस्यालाई पूर्ण रुपमा नियन्त्रण गर्न संघले सरोकारवालाहरुसंग बृह्त छलफल गर्ने बताए ।

बहालमा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न आवश्यक पहल गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

सम्बन्धित् समाचार