काठमाडौं ।
गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत ‘छुनै हुन्न जस्तो’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा सीडी विजय अधिकारीको संगीत र प्रदीप चापागाईंको शब्द रचना छ ।
गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ । माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभावको भाव गीतमा समावेश छ । गीतले दर्शकलाई एकसाथ कथा पनि वाचन गर्छ ।








