कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन् । दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ ।
अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदै छन् । फिल्ममा उनी रावणको भूमिकामा देखिँदै छन् । हालसम्म आधिकारिक रूपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन् ।