गृहपृष्ठ Featured फुटबल खेलाडी अञ्जिलाबारेको फिल्मको पोस्टर सार्वजनिक

फुटबल खेलाडी अञ्जिलाबारेको फिल्मको पोस्टर सार्वजनिक

काठमाडौं ।

राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति भने तय गरिएको छैन ।

निर्माण कम्पनी मुनलभ इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार पोस्टर ल्याएको हो । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो ।

पोस्टरमा उनको चरित्र चित्रण छ । डोको र फुटबल बोकेर हिंडेको दृश्य पोस्टरमा देख्न सकिन्छ ।

निर्देशक मिलन चाम्सले फिल्ममा अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको वर्तमान समयसम्मको घटनाक्रमलाई चित्रण गरिएको बताए ।

सम्बन्धित् समाचार