बुटवल ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजोआज देशका धेरै ठाउँमा सामूहिक खेती गरिरहेको छ ।
शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं राप्ती ब्यूरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउँमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही उपमहानगरपालिका–१६ गेरुवाको ६ बिघामा कृषि फार्म, आलु र तरकारी खेती गरिएको छ ।








