गृहपृष्ठ Featured गगन थापा भोलि कपिलवस्तु आउँदै

गगन थापा भोलि कपिलवस्तु आउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा शुक्रबार कपिलवस्तु आउँदै छन् ।

महामन्त्री थापा भोलि संवाद यात्राको लागि लुम्बिनी हुँदै कपिलवस्तु आउने कार्यक्रम रहेको नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरीले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार महामन्त्री थापा बिहान ८ बजे शुद्धोधन गाउँपालिकाको लबनीमा आईपुग्ने कार्यक्रम तय भएको छ ।

यस्तै साढे ९ बजे मायादेवीको पकडि हुदै तौलिहवा पार्टी कार्यालयमा ११ बजे, महाराजगन्ज नगरपालिकामा १ बजे र चन्द्रौटा दुर्गा मन्दिरमा ४ बजे कार्यक्रम तय भएको सचिव ठकुरीले बताए ।

उनले महामन्त्री थापाको संवाद यात्रालाई सफल बनाउन सबैलाई आह्वान समेत गरे ।

 

महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । स्थानीय चोकमा रहेको बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका थिए ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

सम्बन्धित् समाचार