गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : टुङ्गियो संसदीय समितिको भागबण्डा

लुम्बिनी प्रदेश : टुङ्गियो संसदीय समितिको भागबण्डा

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशमा संसदीय समितिको नेतृत्वबारे सत्तारुढ दलहरूबिच भागबण्डा टुङ्गिएको छ । सोही अनुसार सभापति चयन प्रक्रिया अघि बढाइने भएको छ ।

सोमबार दिउँसो एक बजे बोलाएको प्रदेश सभा बैठकमा संसदीय समितिको सदस्य हेरफेर गरिने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले समितिको सदस्य हेरफेरको तयारी भइरहेको बताए ।

समितिका सदस्यहरू मन्त्री बनेपछि नयाँ सदस्य थप्ने र  त्यसपछि सभापतिको निर्वाचन प्रक्रियामा जाने तयारी भएको उनले बताए । मिति तोकिएको ४८ घण्टाभित्र सभापति चयन गर्नुपर्ने व्यवस्था छ ।

दलहरूबिच सर्वसम्मत रूपमा सभापति चयन गर्ने समझदारी भएको छ । जस अनुसार एमालेलाई ३, माओवादीलाई २ वटा र नेपाली कांग्रेसलाई दुई वटा समितिको नेतृत्व दिने समझदारी भएको छ ।

एमालेले अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार समिति र विशेष अधिकार समितिको नेतृत्व पाउने भएको छ । माओवादीले सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व पाउने सहमति भएको छ ।

यस्तै, नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि समितिको नेतृत्व पाउने भएको छ । लुम्बिनी प्रदेशमा रहेका ६ वटा विषयगत समिति र विशेष अधिकार समिति छ ।

सम्बन्धित् समाचार