गृहपृष्ठ Featured बर्दियामा २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

बर्दियामा २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति  रुकुम पश्चिमको सानोभेरी गाउ पालिका-५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

सम्बन्धित् समाचार