गृहपृष्ठ कृषि बाणगंगामा सुरु भयो ३ दिने कृषि मेला

बाणगंगामा सुरु भयो ३ दिने कृषि मेला

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३ दिने कृषि मेला सुरु भएको छ । उक्त कृषि मेला नेपाल बीउ मल परियोजना ‘सिमिट’ को आयोजनामा बुधबारदेखि कृषि मेला सुरु भएको हो ।

युएस एआइडिको सहयोग एवम् बाणगंगा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको उक्त कृषि मेला ३ विहिबारसम्म चल्ने छ । मेलामा ४८ वटा कृषि सम्बन्धि स्टलहरु रहेका छन् ।

मेलाको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गरेका हुन् । सो क्रममा उनले व्यापार घाटालाई कम गर्न व्यवसायिक कृषिमा जोड दिनुपर्ने बताए । उनले १५ देखि २० प्रतिशत किसानलाई व्यवसायमुखि कृषक बनाउन सके पनि अर्थव्यवस्थामा उल्लेखनीय योगदान पुग्ने बताए । हरेक किसानलाई नयाँ प्रविधिमा जोडेर कृषि उत्पादन बढाउनुपर्ने उनको भनाई छ ।

वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सिमिट परियोजनाले नगरपालिकाको सहकार्यमा कृषि मेलाको आयोजना गरि किसान लक्षित कार्यक्रम गरेकोमा धन्यवाद दिदैं कृषकका लागी यो मेला महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

उनले समयको मागअनुसार आधुनिक प्राविधिको अवलम्बन गरि कृषिमा जोड दिनुपर्ने बताए । जसले आयआर्जनमा समेत वृद्धि हुने उनले बताए ।

बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले नयाँ प्रविधि र सिपलाई किसानको घरघरमा पुरयाउन कृषि मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

कपिलवस्तु उधोग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कृषि मेला सफलताको शुभकामना दिदिैं कृषि क्षेत्रमा भित्रिएको नयाँ प्रविधीबारे किसानलाई जानकारी गराउन आवश्यक रहेको बताए । मेलाले कृषि उपकरणको प्रचार प्रसार, कृषिको बजारीकरण र उत्पादनमा टेवा पुग्ने बताए ।

सम्बन्धित् समाचार