गृहपृष्ठ Featured पूर्वी नवलपरासीमा लागुऔषधसहित ३ जना युवा पक्राउ

पूर्वी नवलपरासीमा लागुऔषधसहित ३ जना युवा पक्राउ

नवलपुर ।

पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अर्न्तगत् कावासोती नगरपालिका-१५ चालिस किलोमा सवारी जाँच गर्ने क्रममा लागुऔषधसहित मध्यविन्दु नगरपालिका–७ का २७ वर्षीय अशोक महतो, गैँडाकोटका ३७ वर्षीय मेघराज जैसी र २६ वर्षका अनुप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोको साथबाट ६९ एम्पुल लागुऔषध, जैसी र क्षेत्रीको साथबाट १ सय ६३ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताए ।

उनका अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र लागुऔषध ओसारपसार कसुरमा मुद्दा चलाउने तयारी रहेको छ ।

सम्बन्धित् समाचार