गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधन र मायादेवीका अग्निपिडितलाई राहत प्रदान

कपिलवस्तुको शुद्धोधन र मायादेवीका अग्निपिडितलाई राहत प्रदान

प्रकाशित मिति:

 कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन र मायादेवी गाउँपालिकामा आगलागी पिडित परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । एक महिना यि दुवै पालिकाका विभिन्न गाउँहरुमा आगलागी हुदाँ लाखौंको धनमाल क्षति भएको थियो ।

सो आगलागीबाट पिडित बनेका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । लिडा नेपालको सहजीकरण र कतार च्यारेटीको सहयोगमा ती परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

दुबै पालिकाका अध्यक्षले लामो प्रयासपछि आगलागी पिडित परिवारलाई राहत आएको बताए । पालिका अध्यक्षसहितका जनप्रतिनिधिहरुको संयुक्त सहभागितामा राहत सामग्री पीडीत परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रति परिवार जिरा मसिनो चामल २५ केजी, सुर्यमुखी तेल ५ लिटर, चना ३ केजी, चिनी २ केजी, नुन १ केजी र पीठो ५ केजीका दरले राहत प्रदान गरिएको थियो ।

सो अवसरमा पालिका अध्यक्षले पिडितहरुको साथमा पालिका रहेको र उनीहरुलाई थप राहत र सुबिधाका उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताएका थिए ।

सम्बन्धित् समाचार