गृहपृष्ठ खबर नगरका गौरवका योजना सम्पन्न गर्न नगर प्रतिबद्ध छ : मेयर श्रेष्ठ

नगरका गौरवका योजना सम्पन्न गर्न नगर प्रतिबद्ध छ : मेयर श्रेष्ठ

प्रकाशित मिति:

वैखरी अनलाइन, बुद्धभुमी ।

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगर भित्रका गौरव योजना सम्पन्न गर्न आफु लागी रहेको बताएका छन । नगरपालिकाको नगर सभाको पन्ध्रौ अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरका गौरवका योजना सम्पन्न गर्न नगर प्रतिबद्ध भएर लागेको बताएका हुन ।

नगर प्रमुख श्रेष्ठले नगरको गौरवको आयोजनाको रुपमा रहेको टिक्कर बुड्डी बिजगौरी सडकका लागी २ करोड बजेट बिनियोजन भएको बताए । सो योजनालाई सम्पन्न गर्न प्रदेश सरकार र सघिंय सरकारसगं थप पहल गरेर बजेट पारेर तिव्र रुपमा सम्पन्न गर्न लागी पर्ने श्रेष्ठले बताए । श्रेष्ठले आफनै कार्यकालमा सो योजना सम्पन्न गर्नेगरी काम सम्पन्न गर्न नगर लागी रहेको उनले बताए ।

बजेट प्रस्तुत गर्दै नगर भित्रका सामुदायिक बिद्यालयको गुणस्तरीयतालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताए ।

साथै नगरभित्रका नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर अस्पताल निमार्णलाई अन्तीम चरणमा पु¥याउदै आवश्यकता अनुसार निशुल्क स्वास्थ्य शिविर नियमित रुपमा सञ्चालन गरिने जानकारी दिए ।

साथै नगरसभामा लेखा समितिको प्रतिवेदन वडा नः ३ का वडाध्यक्ष गोबिन्द आर्चाय (बिकास)ले प्रस्तुत गरेका थिए न्यायिक समितिको प्रतिवेदन उप प्रमुख मिरा थारुले प्रस्तुत गरेकी थिइन । सभामा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार