गृहपृष्ठ खबर डुबेर बेपत्ता भएका कञ्चनपुरका तीनै जना किशोरी मृत फेला

डुबेर बेपत्ता भएका कञ्चनपुरका तीनै जना किशोरी मृत फेला

प्रकाशित मिति:

कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीहरू मृत फेला परेका छन्।

सोमबार पुनरवास नगरपालिका-५ (ग) गाउँ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

सोही ठाउँका १५ वर्षीया लक्ष्मी बाेगटी, १५ वर्षीया सीर्जना बाेगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएकी थिइन्।

बेपत्ता भएका तीनै जना किशोरीहरूको खोजीकार्य गर्दा मृत फेला परेको प्रहरी निरीक्षक पन्तले बताए।

सम्बन्धित् समाचार