गृहपृष्ठ खबर विद्युत सर्टबाट क्षति व्यहोरेका व्यवसायीलाई कपिलवस्तु उद्योग बाणिज्य संघको सहयोग

विद्युत सर्टबाट क्षति व्यहोरेका व्यवसायीलाई कपिलवस्तु उद्योग बाणिज्य संघको सहयोग

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले विद्युत सर्ट भई विद्युतीय सामग्रीमा क्षति व्यहोरेका व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । बाणगंगा नगरपालिका(२ मा व्यवसाय संचालन गर्दै आएका खगेन्द्र बेल्वासलाई राहात स्वरुप आर्थिक सहयोग गरिएको संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।

अध्यक्ष क्षेत्रीसहित संघका पुर्वअध्यक्षहरु डोलकराम घिमिरे, उमानाथ पौडेल, संघका पदाधिकारीहरु नारायण प्रसाद पौडेल, कृष्ण प्रसाद गैरे, नवदत्त घिमिरे, दामोदर पन्थी लगायतको संयुक्त सहभागितामा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

अध्यक्ष क्षेत्रीले व्यवसायीको हकहितमा संघले सदैव वकालत गर्दै आएको बताउँदै व्यवसायीलाई आपत विपत पर्दा आफुहरु साथमा रहेको बताए ।

पुर्वअध्यक्षहरु डोलकराम घिमिरे र उमानाथ पौडेलले व्यवसायीहरुलाई दुःख पर्दा संघले गर्नुपर्ने यस्ता कामले व्यवसायीको घाउमा मलम लगाउने काम गर्ने बताए ।

व्यवसायी बेल्बासेले कपिलवस्तु उद्योग बाणिज्य संघ व्यवसायीको साथमा रहेको कुरा अनुभूति गरेको बताए ।

सम्बन्धित् समाचार