गृहपृष्ठ Featured श्रीलंकाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा भारत विजयी

श्रीलंकाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा भारत विजयी

काठमाडौँ । 

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै सिरिजमा विजयी सुरुवात गरेको हो ।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।  भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए ।  त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए ।

यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुँदै छ ।

सम्बन्धित् समाचार