वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ बठनपुरका पोम बहादुर घर्तीको दुई वटै मृगौला फेल भएपछि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ । ४६ बर्षीय धर्तीको पारिवारिक आर्थिक अवस्था अत्यन्त दयनीय भएपछि परिपछि आर्थिक सहयोगको याचना गरिएको हो ।
परिवारिक स्रोतका अनुसार उनलाई अहिले उपचारका लागी टिचिङ्ग अस्पताल काठमाडौंमा भर्ना गरिएको छ । सेवा नै धर्म हो भन्ने भावनाका साथ निजको थप उपचारका लागी सार्वजनिक रुपमै आर्थिक सहयोगको अपिल गरेको हो ।
उनले परिवारले सबैको थोरै थोरै सहयोगले आफुहरुलाई उपचारमा सहजता मिल्ने बताएका छन् ।
सहयोग गर्न चाहनेहरुले तल दिईएको ज्योति विकास बैंकको खातामा गर्न सक्नुहुने छ ।









