गृहपृष्ठ कृषि कपिलवस्तुमा ६९ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ

कपिलवस्तुमा ६९ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा साउनको तेस्रो सातासम्म आईपुग्दाँ धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुले यो वर्ष पर्याप्त पानी परेकाले जिल्लामा ९९.९९ प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।

केन्द्रका प्रमुख भास्कर पौडेलले जिल्लामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा धान रोपाइँ सकिएको बताए । ‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उनले भने, ‘यो वर्ष यहाँ ४ देखि ५ प्रतिशतसम्म धान धेरै फल्ने अनुमान समेत गरेका छौँ ।’ कपिलवस्तु जिल्लामा गत बर्ष ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस बर्ष करिब साढे ४ प्रतिशत धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । यो वर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले धान उत्पादनमा वृद्धि हुने उनको भनाई छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका सुचना अधिकारी महेन्द्र कुमार ओझाँका अनुसार हालसम्म जिल्लामा ६९ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

केन्द्रले यस बर्ष जिल्लामा ६९ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको थियो । कपिलवस्तुका किसानलाई अहिले समयै बर्षा हुँदा रोपाइँका लागी सहज भएको हो । तुलनात्मक रुपले जिल्लामा गत बर्ष भन्दा धान खेती बढेको देखिन्छ ।

यहाँका अधिकांश किसानले उन्नत जातको हाईब्रिट धानको बिउ रोपेकाले धान उत्पादन बढ्ने केन्द्रको आकँलन छ ।

सम्बन्धित् समाचार