काठमाडौँ ।
इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टस्ले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा युभेन्टस्ले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टस्को जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए ।
नयाँ सिजनमा युभेन्टस्ले लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टस्को २ खेलमा ६ अंक भएको छ । त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।








