काठमाडौं ।
स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले स्पानयोलसँग बराबरी खेलेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले स्पानयोलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ५४औं मिनेटमा एट्लेटिकोका रोड्रिगो रिक्वेल्मेले गोल गरेपनि भिएआरले मान्तया नदिंदा एट्लेटिकोले अग्रता लिने अवसर गुमाएको थियो ।








