गृहपृष्ठ खबर नेपाल बिद्यार्थी सघं कपिलवस्तुको आयोजनामा भोली तिज गित प्रतियोगिता हुदै

नेपाल बिद्यार्थी सघं कपिलवस्तुको आयोजनामा भोली तिज गित प्रतियोगिता हुदै

वैखरी अनलाइन, बाणगंगा ।
नेपाल बिद्यार्थी सघं जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा भोली मंगलबार तिज गित प्रतियोगिता हुने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेबिसघंले तिज गित प्रतियोगिताको आयोजना गरेको हो ।

 

 

प्रतियोगितामा सहभागिता जनाउनका लागी १५ वटा समुहले नाम टिपाई सकेको नेबिसघं जिल्ला कार्य समिति कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

 

तिज गित प्रतियोगिता बाणगंगामा १ मा रहेको सिद्धार्थ माध्यमिक बिद्यालय बुङचीमा मंगलबार बिहान ११ बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक निल कमल थारुले जानकारी दिए ।

 

लैङ्गिक हिंसा बिरुद्ध जनचेतनामुलक बिषयमा प्रतियोगिता राखीएको बताउँदै सबै महिला दिदिबहिनी तथा दाजुभाई प्रतियोगिता अवलोकन गर्न नेबिसघंले आग्रह समेत गरेको छ ।

थप जानकारीका लागी

 

सम्बन्धित् समाचार