गृहपृष्ठ Featured लुम्बिनीका ६ पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको चासो

लुम्बिनीका ६ पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको चासो

रुपन्देही ।

लुम्बिनीका पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको चासो बढ्न थालेको छ । प्रदेशका पहाडी भू-भाग रहेका रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न स्थानमा अर्ग्यानिक टिमुर खेती हुँदै आएको छ ।

खेती भए पनि यसलाई पूर्ण व्यावसायिक रूपमा अगाडि बढेको छैन । तर अहिले केही विदेशी नागरिकहरूले यसलाई अध्ययनको विषय बनाएर निर्यातसम्मको योजना बनाएपछि स्थानीयसँगै सरकारको पनि चासो बढेको हो ।

प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर अगाडि बढाएको यसको व्यावसायिक उत्पादनलाई विदेशीले चासो राखेपछि सरकारले पनि सघन छलफल थालेको छ ।

प्रदेशमा गत जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । प्रदेशमा रहेको १० लाख हेक्टर वन क्षेत्रमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित् समाचार