भारत र बङ्गलादेशबीचको दोस्रो टी–२० खेल आज हुँदैछ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।
सूर्यकुमार यादवको कप्तानीमा रहेको भारती टीमले आजको खेलमा जित निकाल्दै सिरिजमाथि कब्जा जमानउ चाहन्छ भने नजमुल हसन सान्तोको कप्तानीमा रहेको बङ्गलादेश आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। र, सिरिज बराबरीमा ल्याउन चाहन्छ।
ती खेलको टी–२० सिरिजमा भारतले आइतवार भएको पहिलो खेलमा बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो।








