काठमाडौं ।
श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए ।








