गृहपृष्ठ खबर दशैंको टिका थाप्न वडाध्यक्ष वृद्धवृद्धाको घरघरमै पुगेपछि….कोहीका आँखामा हर्षका आसु, कोही छक्क

दशैंको टिका थाप्न वडाध्यक्ष वृद्धवृद्धाको घरघरमै पुगेपछि….कोहीका आँखामा हर्षका आसु, कोही छक्क

वैखरी अनलाईन, बाणगंगा ।

पछिल्लो समय जनप्रतिनिधि आफ्ना मतदाताको घर आँगमनमा नपुगेको गुनासो चौतर्फी रुपमा सुन्ने गरिएको छ । चुनावमा मात्र भोट माग्न आउँने र चुनाव जितेपछि गुमनाम जस्तै हुने भन्दै जनप्रतिनिधिको आलोचना हुने गर्छ ।

तर बाणगंगा नगरपालिका वडा नं.४ को सन्दर्भमा भन्ने अलि फरक छ । यहाँका वडाअध्यक्ष नै पटकपटक मतदाताको घर आँगनमा देखिन्छन् ।

सोही क्रममा नेपालीहरुको महान पर्व विजयादशमीको दिन शनिबार वडाध्यक्ष छविलाल रेस्मी मगर मतदाताको घरमै पुगे । वडाध्यक्ष रेस्मी ८० बर्ष भन्दा बढी उमेरका वृद्धवृद्धाहरुको हातको टिका ग्रहण गर्न घरघरमै पुगेपछि कोही छक्क परे भने कोहीको आँखामा हर्षका आँसु देखिन्थ्ये ।

वडाध्यक्ष रेस्मीले घरमा टिकाको कार्यक्रम सकेर आफु शनिबार वडाका विभिन्न गाउँका ५० भन्दा बढी वडावासीको घरमा पुगेर टिका ग्रहणसंगै सामान्य संवाद गरेको बताए । उनले सो क्रममा १०४ बर्षीय वृद्ध आमाको हातबाट समेत टिका ग्रहण गरेको सुनाउँदै भने, ‘टिकाकै दिन वडाध्यक्ष आएपछि कोही छक्क पर्नुभयो, कोहीको आँखामा आसु देखे । यसले मलाई पनि भावुक बनायो ।’

दशैं तिहारको विदामा विभिन्न कामको शिलशिलामा बाहिर बस्ने वडावासीहरु पनि घरमा आएको बेला उनीहरुका अनुभव, वडाप्रतिको दृष्टिकोण, सल्लाह, सुझाव ग्रहण गर्न आफु वडावासीको घरघरमा पुगेको बताए ।

वडाध्यक्ष रेस्मीले सबैबाट सिकारात्मक सल्लाह सुझावहरु प्राप्त भएको बताउँदै ति सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि चुनावमा मात्र देखिन्छन् भन्ने स्थापित भाष्यलाई हटाउन सबै जनप्रतिनिधि समयसमयमा वडावासीको घरआँगनमा पुग्ने परिपाटी बसाल्नुपर्ने बताए ।

सम्बन्धित् समाचार