इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लिभरपुलले चेल्सीलाई २–१ ले हराउँदै साबिक विजेता म्यानचेस्टर सिटीलाई शीर्ष स्थानमा एक अंकको दूरी राखेको हो ।
अर्को खेलमा सिटीले वाल्भेराम्पटन वान्डेर्सलाई २–१ ले हरायो । लिगमा लिभरपुलले आठ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सिटीको २० अंक छ । लिभरपुलले लिगमा एक खेल गुमाएको छ । सिटीले ६ जित र दुई बराबरी नतिजा निकालेको छ ।
चेल्सीमाथि रोमाञ्चक जित निकाल्दा लिभरपुलका मोहमद सलाह र जोनेसले एक–एक गोल गरेका थिए । सिटीको जितमा भार्डिओल र स्टोनेसले एक–एक गोल गरे । तेस्रो स्थानमा रहेको आर्सनलको १७ अंक छ ।
चौथो स्थानको एस्टोन भिल्लाले पनि १७ अंक बटुलेको छ । तर, गोलअन्तरमा आर्सनल माथि छ ।








